२४ जेठ २०८३, आइतबार

मोनालिसाको ‘पाला सटाके’

बैशाख ९, २०७७
मोनालिसाको ‘पाला सटाके’

भोजपुरी स्टार मोनालिसा र पवन सिंहका भोजपुरी गीतले प्रायः सोसल मिडियामा धूम मच्चाउँछन्। यो जोडी भोजपुरी फिल्म उद्योगको सबैभन्दा हिट जोडीमध्येको एक मानिन्छ। मोनालिसा र पवनको जोडीले भोजपुरी दर्शकलाई धेरै हिट फिल्म दिएका छन्।

हालै यो जेडीको एउटा गीतले युट्युबमा लगातार रेकर्ड तोडिरहेको छ। ‘पाला सटाके’ बोलको यो गीत भोजपुरी दर्शकले निकै मन पराएका छन्। यो गीत युट्यबमा सोमबारसम्म एक करोडभन्दा धेरै पटक हेरिएको छ। गीतमा मोनालिसाले जबर्जस्त नृत्य गरेकी छन्। उनको बोल्ड अवतार निकै मन पराइएको छ। मोनालिसाले भिडियोमा रातो साडी लगाएकी छन्। पवनले भने रातो कुर्ता र धोती लगाएका छन्। गीतमा दुवै रोमान्टिक मुडमा देखिएका छन्।

गीतमा पवन सिंहकै स्वर छ। शब्द मनोज मतलबीले लेखेका हुन् भने संगीत छोटे बाबाले भरेका हुन्। यो गीत फिल्म ‘सरकार राज’ को हो।

मोनालिसा र पवनले धरै फिल्ममा एकसाथ काम गरेका छन्। उनीहरूका ‘सैंया जी दिलावा मांगेले’, ‘जिद्दी आशिक’, ‘रंग दे प्यार के रंग में’ सहित धेरै फिल्म सफल छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्