
कोरोना महामारीले प्रभावित रेष्टुरेण्टमा कार्यरत ६४ जनालाई रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले राहत वितरण गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई खाद्य पदार्थ दिइएको हो ।
रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले रेष्टुरेण्टमा काम गर्नेहरुलाई खानेकुराको अभाव भयो भन्ने थाहा पाएर सहयोग जुटाइएको बताउँदै संस्थाको बैठक बसेर आवश्यक रकम छुट्टयाइएको जानकारी दिए ।
यसैबीच रेबान पोखराले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लेकसाइडमा कीटनाशक औषधि छर्केको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा सोमबार लेकसाइडका सबै क्षेत्रमा औषधि छर्किइएको हो ।