२३ असार २०८३, मंगलबार

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

बैशाख ९, २०७७
अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको छ । 

मंगलबार अपराह्न एशियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को अर्को महिना मे का लागि प्रतिब्यारेल १.६७ डलर कायम भएको छ । अघिल्लो दिन न्यूयोर्कमा तेलको मूल्य ३७.६३ डलरले ऋणात्मक भएको थियो । 

तर बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरुमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे महिनाको भन्दा ६० गुणाभन्दा बढी छ ।  

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको आगामी जुन महिनाका लागि प्रति ब्यारेल २५.४० डलरमा कारोबार भएको छ जुन ०.१६ प्रतिशतले कमी हो । 

कोरोनाभाइरसँग जुध्न हाल विश्वका अधिकांश मुलुकमा जारी बन्दाबन्दी, यात्रा प्रतिबन्ध र व्यापार बन्दका कारण तेलको मागमा व्यापक कमी आएको छ । यसबीचमा तेलको मागमा मात्र कमी आएको छैन, तेलको खपत नै कम भएपछि बजारमूल्यमा पनि व्यापक गिरावट आइसकेको छ । 

साउदी अरेबिया र रसियाबीचको मूल्य युद्धले संकट झनै नराम्रो भएको थियो । रियाद र मस्कोबीच मध्यस्थता भएसँगै विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुले प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति गरेका थिए । 

तर विश्व बजारमा तेलको मूल्यमा भइरहेको गिरावट रोकिएन । विश्लेषकहरूले तेल उत्पादन कटौती पर्याप्त नभएको र भण्डारण सुविधाहरूको क्षमता कम रहेकाले तेलको मूल्यमा फेरि गिरावट आएको बताएका छन् । 

अमेरिकी कच्चातेलको मूल्यमा गिरावट आउनुको मुख्य कारण नै ओक्लाहोमास्थित कुसिङ तेल भण्डारमा तेल भरिनु पनि हो । 

ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफ्री ह्यालीले एएफपीलाई ब्रेन्ट र डब्लुटिआई दुबैको मूल्यमा तत्कालै सुधार हुने सम्भावना कमै रहेको प्रतिक्रिया दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्