०२ असार २०८३, मंगलबार

सभामुखको पहलमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री

बैशाख ९, २०७७
सभामुखको पहलमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोभिड–१९० परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । 

पहिलो चरणमा मंगलबार जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समितिमार्फत स्वास्थ्य  सामग्री हस्तान्तरण गरिएको हो।

वितरित सामग्रीमा हरेक स्वास्थ्य एकाइका लागि पिपिई सेट, थर्मल गन, सानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुटलगायतका सामग्री छन् । भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिशङ्खुपाखर गाउँपालिकाका स्वास्थ्य एकाइका लागि ती सामग्री वितरण गरिएको छ। स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटाले नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरे।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ चिकित्सकबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए। उपलब्ध गराइएका पिपिई सेट पुनः प्रयोग गर्न सकिने किसिमका छन्। सुनकोशी, बलेफी, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका लागि बुधबार स्वास्थ्य सामग्री वितरण गरिनेछ। सामग्री बुुझेपछि स्थानीय तहका प्रमुखहरुले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले सङ्कटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दोस्रो चरणमा स्थानीय विपद् व्यवस्थापन समितिहरुसँग समन्वय गरेर खाद्यान्नलगायत सामग्री वितरणको तयारी गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्