
मोबाइल फोन इम्पोर्टर्स एसोसिएशनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क सहयोग गरेको छ।
कोरोना भाइरस रोकथामका लागि फ्रन्ट लाइनमा खटिने सुरक्षा निकायलाई सहयोग गर्ने क्रममा इम्पोर्टर्सले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मास्क हस्तान्तरण गरेको हो।
ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमामा एसोसिएशनका अध्यक्ष दीपककुमार मलहोत्राले प्रहरी वरिष्ठ उपरीक्षक भीप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन्।
एसोसिएशनले यसअघि सशस्त्र प्रहरी बललाई पनि मास्क सहयोग गरेको थियो।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना रोकथामका लागि अग्रपंतिमा रहेका सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए।