०८ साउन २०८३, शुक्रबार

राष्ट्रसंघको चेतावनीः कोरोनाका कारण २६ करोडले खाद्य संकट भोग्न सक्छन्

बैशाख ९, २०७७
राष्ट्रसंघको चेतावनीः कोरोनाका कारण २६ करोडले खाद्य संकट भोग्न सक्छन्
दिवा खाजा खाँदै बालिका । Photo: WFP/ Seetashma Thapa

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले कोरोना भाइरसका कारण खाद्यान्न संकट गहिरिन सक्ने चेतावनी दिएको छ। 

डब्ल्यूएफपी र अन्य साझेदारले खाद्यान्न संकटबारे नयाँ अध्ययन प्रतिवेदन जारी गरी विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसंख्या २६ करोड पुग्ने आकलन गरेका हुन्।

विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिनसक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसंख्या १३ करोड ५० लाखरहेकोमा सन् २०२० मा यो जनसंख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो।

खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोनाभाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य संकटसँगै विश्वव्यापीरूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यवसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा  संक्रमणपछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोनाभाइरस संक्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ। 

प्रतिवेदनमा कोरोना भाइरस  संक्रमण सुरु हुनु अघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ। 

उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्ति चरम खाद्यान्न  संकटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो।  प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न  संकटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो। जुन यसअघिको तुलनामा निकै बढी हो ।

गत बर्ष र यसवर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान संकट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न  संकट रहेको उल्लेख गरिएको छ। 

द्वन्द्व, आर्थिक  संकट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न  संकटमा वृद्धि आएको हो। प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न  संकटको समस्यानजिक रहेको देखिएको छ।

कोभिड–१९ सहजै त्यस्तो  संकट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसहरूलाई कामविहीन बनाएको छ। 

डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भने, 'कोभिड-१९ सम्भवतः लाखौंको लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन्।'

 

salt training

कमेन्ट गर्नुहोस्