![लकडाउनमा 'खुलेको' सडक र पालुवा फेरेको चारकोशे जंगल [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/High_way_1_lojl9hXHJ8.jpg)
कोरोनाभाइरस (कोभिड– १९) ले विश्वभर महामारीको रूप लिएका बेला नेपाल पनि झण्डै १ महिनादेखि लकडाउनमा छ ।
लकडाउन शुरू भएको यही वैशाख ११ गते एक महिना पुग्दैछ । लकडाउनका कारण जनताहरू घरभित्रै थुनिएपनि वातावरणमा भने यसको निकै सकारात्मक प्रभाव परिरहेको छ ।
लकडाउनपछि काठमाडौंबाट चितवन पुग्दा राजमार्ग निकै सुन्दर देखियो । वसन्त ऋतुको आगमनसँगै रुखहरूले पालुवा फेरेका छन् भने हल्का वर्षाले राजमार्गहरू पखालिएका छन् ।
चितवनबाट काठमाडौं आउँदा हरियाली चारकोशे जंगलको बीचमा रहेको राजमार्गको सुन्दर दृश्यले कसको मन न लोभ्याउला र ?
हेर्नुहोस्, तस्वीर :
















