१२ साउन २०८३, मंगलबार

अमेरिकाको मुटुमा चस्का पर्नेगरी इरानले अन्तरिक्षमा पठायो सैन्य भूउपग्रह

बैशाख १०, २०७७
अमेरिकाको मुटुमा चस्का पर्नेगरी इरानले अन्तरिक्षमा पठायो सैन्य भूउपग्रह

इरानले अन्तरिक्षमा बुधवार स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरेपछि अमेरिकासँगको तनाव झनै बढ्ने देखिएको छ । 

आफ्नो वेबसाइटमा इरानको रिभोल्युसनरी गार्डले यो प्रक्षेपण देशको मध्यभागमा रहेको मरुभूमिबाट गरिएको र भूउपग्रह पृथ्वीको सतहभन्दा ४२५ किलोमिटर माथि पुगेको जनाएको छ । 

भूउपग्रहको नाम नूर राखिएको छ । यसलाई अन्तरिक्षमा पुर्‍याउन गसद भूउपग्रह वाहक उपयोग गरिएको हो । 

अमेरिकाको परराष्ट्र मन्त्रालय र पेन्टागनले यसमा प्रतिक्रिया जनाउन बाँकी छ । 

इरानसँगको आणविक सम्झौताबाट वाशिङटन बाहिरिएपछि र अमेरिकी ड्रोनले जनरल कासिम सुलेमानीको हत्या गरेपछि दुई देशको तनाव उच्च स्थितिमा रहेको बेलामा यो प्रक्षेपण गरिएको हो । 

इरानले भूउपग्रह पठाउने प्रयासहरू लगातार विफल भइरहेको बेलामा अहिलेको सफलता महत्त्वपूर्ण भएको लेबेक इन्टरनेसनल संस्थामा जासूसी प्रमुख माइकल होरोविट्जले बताए । 

‘वाशिङटनले यो विकासक्रमलाई नजिकैबाट नियाल्ने सम्भावना छ । इरानको अन्तरिक्ष कार्यक्रम उसको क्षेप्यास्त्र र आणविक कार्यक्रमसँग जोडिएको छ । इरानले भारी सैन्य भूउपग्रह अन्तरिक्षमा पठाउन सक्दा अन्तर्महादेशीय क्षेप्यास्त्रमा आणविक वारहेड पनि पठाउन सक्ने यसबाट देखिएको छ,’ उनले थपे ।

salt training

कमेन्ट गर्नुहोस्