१२ साउन २०८३, मंगलबार

मिसूरीले आफूमाथि दायर गरेको मुद्दा मूर्खतापूर्ण रहेको चीनको प्रतिक्रिया

बैशाख १०, २०७७
मिसूरीले आफूमाथि दायर गरेको मुद्दा मूर्खतापूर्ण रहेको चीनको प्रतिक्रिया

अमेरिकाको मिसूरी राज्यले आफूविरुद्ध दायर गरेको मुद्दा अत्यन्तै मूर्खतापूर्ण भनी चीनले बुधवार प्रतिक्रिया दिएको छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङले यो मुद्दाको कुनै तथ्यपरक तथा कानूनी आधार नरहेको बताए । चीनले गरेको उत्कृष्ट व्यवस्थापनका कारण कोरोनाभाइरस  अहिले देशमा निकै कम भएको पनि उनले दोहोर्‍याए । 

मन्त्रालय र चीनका अन्य सरकारी निकायले वुहानमा भएको संक्रमण खबर लुकाइएको भन्ने आरोपलाई जोडतोडका साथ खण्डन गर्ने गरेका छन् । राजनीतिक स्थिरताका लागि सार्वजनिक स्वास्थ्यलाई दाउमा राखिएको आरोप चीनमाथि लाग्दै आएको छ । संक्रमणको खबर दिने स्वास्थ्यकर्मीहरूलाई कानूनको डर देखाएर मौन बस्न लगाइएको र वार्षिक प्रान्तीय सम्मेलन चलिरहँदा वुहानमा संक्रमणका केसहरू लुकाइएको आरोप पनि छ । 

‘यो कथित मुद्दा बकवास हो र यसको कुनै तथ्यपरक र कानूनी आधार छैन,’ गेङले दैनिक ब्रीफिङको क्रममा भने । संक्रमण शुरू भएदेखि चीनले खुला, पारदर्शी र जिम्मेवार तरिकाले काम गरिरहेको र अमेरिकी सरकारले यस्तो निहुँखोजुवा मुद्दालाई खारेज गर्नुपर्ने उनले बताए । 

मिसूरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलवार मुद्दा दायर गर्दै महाव्याधिका लागि चिनियाँ अधिकारीहरू जिम्मेवार रहेकोले उनीहरूमाथि कारवाही गर्नुपर्ने माग राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्