०६ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले गरे साइप्रशका राष्ट्रपतिसँग टेलिफोन संवाद

बैशाख १०, २०७७
प्रधानमन्त्री ओलीले गरे साइप्रशका राष्ट्रपतिसँग टेलिफोन संवाद
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधवार साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठ्यारो पर्न नदिने आश्वासन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार ट्विट गरी आभार व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्