
पण्डित वेणी माधव पौड्याल प्रतिष्ठानले गुल्मीस्थित एक स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानले कालिगण्डकी गाउँपालिका– ७ स्थित स्वास्थ्यचौकीलाई ३ थान पीपीई, २४ सय थान फेसमास्कसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोरोनाभाइरसले विश्वभर महामारीको रूप लिइसक्दा नेपालमा पनि ४५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।