
तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।
तातोपानी नाका हुँदै ८ करोड ३१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बुधवार नेपाल प्रवेश गरेको हो ।
तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री बुधवारै काठमाडौं आइपुग्नेछ ।
अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा १०–१० हजार थान एन–९५ मास्क, टेस्टिङ किट र पीपीई, १ हजार थान इन्फ्रारेड थर्माेमिटर, २ थान पीसीआर मशिन र ५० थान वेट वाइप छन् ।
तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।