१२ साउन २०८३, मंगलबार

समुद्रमा यात्रा गरिरहेको एक जोडी, जसलाई महामारीका बारेमा बिल्कुलै थाहा थिएन !

बैशाख १०, २०७७
समुद्रमा यात्रा गरिरहेको एक जोडी, जसलाई महामारीका बारेमा बिल्कुलै थाहा थिएन !

२०१७ देखि जागिर छोडेर डुंगामा यात्रा गरिरहेका एक जोडी प्रेमी प्रेमिकालाई कोरोना भाइरसका कारण विश्वमा महामारी फैलिएको थाहा थिएन । एउटा सानो पानीजहाज किनेर उनीहरू सेन्ट भिन्सेन्ट जान भनेर निस्केका थिए ।

इटालीकी एलेना म्यानीगेटी र म्यानचेस्टरका रायन असबर्न गत फेव्रुअरीमा ३ हजार माइलको आफ्नो यात्रा शुरू गरे । उनीहरूले आफ्नो परिवारलाई भनेका थिए, ‘हामी जब यात्रामा हुन्छौं, तब हामीले कुनै नराम्रो समाचार सुन्नु नपरोस् ।’

तर जब उनीहरू क्यारेबियन आए तब मात्र उनीहरूलाई थाहा भयो कि क्यारेबियन लगायत धेरै टापुहरू बन्द छन् । उनीहरूले आफू यात्रामा निस्किँदा चीनमा कोरोना भाइरसको संक्रमणका बारेमा समाचार सुनेको भएपनि विश्व नै लक-डाउनमा गएको थाहा पाएका थिएनन् ।

उनीहरूले यात्राका क्रममा समुद्रमा २५ दिन बिताए । बाहिरी विश्वबाट उनीहरू बिल्कुलै अलग रहे । उनीहरूसँग मोबाइल फोनको सिग्नल पनि थिएन । अहिले उनीहरूलाई पानीबाट जमिनमा जाने अनुमति नभएको बताइएको छ ।

एलेना म्यानीगेटीले बीबीसीलाई भनिन्, ‘हामीले फेव्रुअरीमा चीनमा संक्रमण भएको कुरा सुनेका थियौं तर त्यो सूचना सिमित थियो । केही दिनमै यो साम्य होला जस्तो लागेको थियो । हामीले हाम्रा परिवारका सदस्यहरूलाई कुनै खराब समाचार नसुनाउन पनि भनेका थियौं ।’

आफूहरू पहिला क्यारेबियनको फ्रान्स नियन्त्रित जमिनमा उत्रन खोजेको तर सबै सीमाहरू बन्द भइसकेको असबर्नले बताएको डेलीमेलको अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।

salt training

कमेन्ट गर्नुहोस्