२६ जेठ २०८३, मंगलबार

सरकारद्वारा दुवै विवादास्पद अध्यादेश फिर्ता

बैशाख १२, २०७७
सरकारद्वारा दुवै विवादास्पद अध्यादेश फिर्ता
फाइल फोटो

सरकारले हालै जारी भएका दुवै विवादास्पद अध्यादेश फिर्ता लिएको छ । 

चौतर्फी विरोध भएपछि शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

यी दुवै अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख  ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।

अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले पार्टी नेताहरूसँग उक्त अध्यादेश फिर्ता लिने वचन दिएका थिए ।

विवादास्पद अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र चर्को दबाब परेको थियो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यको बिहीवार बसेको बैठकले अध्यादेश फिर्ता नभए राजनीतिक दुर्घटना हुनसक्ने भन्दै सचेत गराएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्