
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्याम ज्ञवाली र अपराध महाशाखाको प्रमुखमा एसएसपी दीपक थापाको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले ज्ञवालीलाई परिसर र थापालाई महाखाशामा सरुवा गरेको हो ।
यसभन्दा अगाडी ज्ञवाली महानगरीय प्रहरी कार्यालयको प्रवक्ता र थापा आर्थिक प्रशासनमा थिए ।
दुवै कार्यालयका प्रमुख डीआइजी सहकुल थापा र उत्तमराज सुवेदी बढुवा भएपछि महाशाखा र परिसरको प्रमुख खालि थियो । १५ महिना अघि ज्ञवाली र थापा एसएसपीमा बढुवा भएका हुन् ।