२३ जेठ २०८३, शनिबार

राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थी स्वदेश फिर्ता

बैशाख १२, २०७७
राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थी स्वदेश फिर्ता

कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरू गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ ।

नेपालमा चिकित्सा अध्ययन गर्ने करीब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरू हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए ।
कतिपय विद्यार्थी काठमाडौं बाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आई नसकेका कारण लकडाउनको मारमा परेका थिए । १ महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए ।

राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीलाई सबैभन्दा नजिकको मुकाम ढाका (बंगलादेश) पुरर्‍याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुर्‍याएको हो ।

राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए ।

चौधरी फाउन्डेसनका लागि कोरोना परीक्षणका लागि चीनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्