प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा बसेर षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।
शुक्रवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले षड्यन्त्रको तानाबाना बुन्नेलाई सलामी ? भन्दै प्रश्न गरेका हुन् ।
‘अध्यादेश फिर्ता ! अनि धन्यवाद ! सांसद उठाउनेलाई गाली तर बालुवाटारमा बसेर षडयन्त्रका तानाबाना बुन्ने र आदेश दिनेलाई भने सलामी !’ उनले आक्रोश पोखेका छन् ।
उनले थपेका छन्, ‘तैं चुप मै चुप ! सबै खत माफ ? राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ ।’
अध्यादेश फिर्ता!अनि धन्यवाद!
— Gagan Thapa (@thapagk) April 24, 2020
सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी!
तैं चुप मै चुप!सवै खत माफ?
राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।