२७ असार २०८३, शनिबार

तत्काल स्थायी कमिटी बैठक बोलाउन नेता रावलको माग

बैशाख १२, २०७७
तत्काल स्थायी कमिटी बैठक बोलाउन नेता रावलको माग
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै रावलले अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा भएको तर तत्काल स्थायी कमिटीको बैठक बसेर यसको पक्ष र प्रभावको समीक्षा हुनुपर्ने बताएका हुन् ।

‘अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो,’ उनले लेखेका छन्, ‘अब नेकपा स्थायी समितिको बैठक तुरून्त बसेर यसका समग्र पक्ष र प्रभावको समीक्षा हुनुपर्छ ।’

उनले थपेका छन्, ‘साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द-बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्