०५ साउन २०८३, मंगलबार

अम्बे स्टीलस्द्वारा कोरोना नियन्त्रणका लागि २५ लाख सहयोग

बैशाख १३, २०७७
अम्बे स्टीलस्द्वारा कोरोना नियन्त्रणका लागि २५ लाख सहयोग

कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टीलस् प्रा.लि.ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।

अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्ले यस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।

आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने कुरा बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्