
काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएका १ हजार १६ जनाको आरडिटि (र्यापिड डाइग्नोस्टिक टेस्ट) गरेको छ।
महानगरले वैशाख ३ देखि १३ गतेसम्म ३२ वटै वडामा विदेशबाट फर्किएकाहरुको टेस्ट गरेकोमा सबैको नतिजा नेगेटिभ आएको जनाएको छ।
म्हानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यका अनुसार विदेशबाट फर्केकाहरुमा कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा परीक्षण गरिएको थियो।