२२ जेठ २०८३, शुक्रबार

आमा–छोरी सेती नदीमा मृत फेला

बैशाख १३, २०७७
आमा–छोरी सेती नदीमा मृत फेला

आमा–छाेरी सेती नदीमा मृत फेला परेका छन् । उनीहरू ३ दिनदेखि हराइरहेकाेमा शनिवार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका १, भादगाँउ बस्ने हरिकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रविता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रियाकाे शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएको हाे ।

उनीहरूकाे मृत्युको के कति कारण भयाे भन्नेबारे अनुसन्धान अघि बढाइएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दियाे।

रविताका पति कामको शिलशिलामा भारतमा छन्।
 

salt training

कमेन्ट गर्नुहोस्