२३ जेठ २०८३, शनिबार

कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १२ जना निको भएर घर फिर्ता

बैशाख १४, २०७७
कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १२ जना निको भएर घर फिर्ता

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ५१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार दुवै पुरुष हुन् र समान ५० वर्षका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको र आइसोलेसनमा उपचाररत रहेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना पुष्टि भएका १२ जना हालसम्म निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्