०५ असार २०८३, शुक्रबार

सुजुकीद्वारा आपतकालीन अवस्थामा प्रयोग हुने सवारीसाधनको ‘एक्सप्रेस सर्भिस’ सुचारु

बैशाख १४, २०७७
सुजुकीद्वारा आपतकालीन अवस्थामा प्रयोग हुने सवारीसाधनको ‘एक्सप्रेस सर्भिस’ सुचारु

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ ।

कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्नेछ ।

‘यो संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो । र, यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजी मोटोकर्पले  भनेको छ ।

धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा भ्हउचभकक कभचखष्अभ सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जतिसक्दो चाँडो यो सेवा सुरु गरिनेछ ।

कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनैपनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ ।

कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाइएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्