
सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
अधिवक्ता इन्द्रप्रसाद अर्यालले गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनउपर आइतवार सुनुवाई गर्दै अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारसँग शाहीलाई थुन्नुपर्ने कारण माग गरेको हो ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भएको सुनुवाईमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र केसीलगायतले बहस गरेका थिए ।
