२५ असार २०८३, बिहीबार

राष्ट्रपतिबाट संविधानको पालना भएन, अब राजसंस्थाको आवश्यकता : डा. लोहनी

बैशाख १५, २०७७
राष्ट्रपतिबाट संविधानको पालना भएन, अब राजसंस्थाको आवश्यकता : डा. लोहनी

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको बताएको छ।

सोमबार एक सन्देश जारी गर्दै लोहनीले राजनीतिक स्थिरता र संविधानको मर्मविपरित आएको अध्यादेश राष्ट्रपतिले दुई घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना नभएको र यसबाट संविधानको संरक्षण र जनताको सर्वाेच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता देखिएको बताएका हन्।

उनले भनेका छन्, ‘यसबाट पार्टीभन्दा माथि रहेर निष्पक्ष रूपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्रप्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर आवाज उठाउनु जरुरी भैसकेको छ।’ 

अध्यक्ष लोहनीले राष्ट्रपति जस्तो सम्मानित संस्था एउटा राजनीतिक दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि क्रियाशील रहेकोमा चिन्ता प्रकट गरेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्