
मेक्सिकोको पश्चिमी भागमा एउटा सानो विमान आकाशमा स्टन्ट गर्ने क्रममा नियन्त्रण गुमाएपछि दुर्घटनाग्रस्त भएको छ ।
शुक्रवार भिल्ला अदोल्फो लोपेज म्याटियोसमा दुर्घटनामा परेको विमानमा चारजना सवार थिए । कुनै पनि हताहती भएको छैन ।
सेस्ना एक्सबी–पीएलभी विमान माथि गएर हुत्तै दाहिनेतिर मोडिएपछि अचानक तल खसेर खेतमा दुर्घटनाग्रस्त भएको थियो । घटनाको भिडियो त्यतै बसेका एक व्यक्तिले गरेका थिए ।
विमानको माथिल्लो भाग पल्टिएको छ भने इन्जिन र अग्रभागको गीयर फुटेर चोइटिएको छ ।
स्थानीय पत्रिका एल सोल दे सिनालोआका अनुसार, दुर्घटना भएको देखेपछि मानिसहरू तीनजना यात्रु र एक पाइलटलाई उद्धार गर्न दौडिएका थिए । उनीहरूलाई स्थानीय अस्पताल लगिएको छ ।
कुलिआकान प्रहरी दुर्घटनाको कारण खोज्न अनुसन्धान गरिरहेको छ ।