०५ साउन २०८३, मंगलबार

आफ्नै तेलखानीमा आगो लगाउने योजना बनाउँदै रुस !

बैशाख १६, २०७७
आफ्नै तेलखानीमा आगो लगाउने योजना बनाउँदै रुस !

विश्व बजारमा मागभन्दा बढी तेल उत्पादन भएर राख्ने ठाउँको अभाव भएपछि रुसले तेलखानीमा आगो लगाउने योजना बनाइरहेको खबर रोयटर्स समाचार संस्थाले दिएको छ । 

तेल उत्पादक मुलुकहरूले संयुक्त रूपमा विश्व बजारबाट एक करोड ब्यारल प्रतिदिन तेल मे १ बाट हटाउन सहमति जनाएका छन् । त्यो भने कुल आपूर्तिको १० प्रतिशत हो । 

अघिल्लो साता रुसको ऊर्जा मन्त्रालयले तेल कम्पनीहरूलाई आफ्नो उत्पादन २० प्रतिशतले घटाएर ८ करोड ५० लाख ब्यारल प्रतिदिनमा झार्न भनेको थियो । ओपेक राष्ट्रहरूसँगको सम्झौताअन्तर्गत यसो गर्न भनिएको हो । 
लुकओइलले उत्तरमा रहेको कोमी क्षेत्रमा अनेकौं तेलखानीहरू बन्द गर्न लागेको छ । 

राम्ररी सञ्चालन नगरिएका तेलखानी र कम उत्पादन हुने तेलखानीलाई शुरूमा बन्द गर्न लागिएको तर तिनलाई सधैंको लागि बन्द गरिने भन्दा पनि मर्मत गर्ने अवधिका लागि बन्द गरिन खोजेको बताइएको छ । 

तेलखानीको मर्मत गर्दा कम्पनीहरूले उत्पादकत्वमा सुधार ल्याउन सक्छन् । उनीहरू तेल उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने पक्षमा छैनन् ।

‘हो, अहिले माग कम छ तर तेलखानीमा ताल्चै लगाउनुपर्छ भन्ने छैन । कहिलेकाहीँ तेल निकाल्ने अनि त्यसलाई डढाउने गर्दा पनि फाइदै हुन्छ,’ स्रोतले रोयटर्सलाई बतायो । ‘सोभियतकालमा तेल उत्पादन कसरी लगभग आधा भएको थियो, याद छ ? त्यसलाई फेरि पुरानै अवस्थामा ल्याउन एक दशक लागेको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्