
नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका नेता द्वयमहेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ (किसान) विरुद्ध जोहरी लिन सरकारी वकिललको कार्यलयले अस्वीकार गरेको छ ।
अपहरण मुद्धामा जाहेरी दर्ता गर्न जनता सामाजवादी पार्टीका नेताहरू मंगलवार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।
जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई केही दिन अघि उनको घर महोत्तरीबाट दबाब दिएर काठमाडौँ ल्याइएको थियो ।
एक हप्ता लाग्ने भन्दै सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न नमानेको हो ।
‘हामी आज सरकारी वकिलको कार्यलय काठमाडौंमा जाहेरी दिन आएका छौं तर उहाँहरूले लिन मानिरहनु भएको छैन,’ डाक्टर बाबुराम भट्टराईका निजी सचिवालय सदस्य रोशन पोखरेलले लोकान्तरलाई भने, ‘उहाँहरुलाई ज्ञानको कमी भएर हो या माथिको दवाव हो, हामीलाई एक हप्ताको समय चाहिन्छ भन्नुभएको छ ।’
सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्ने अधिकृतसँग सोध्नुपर्ने बताएको पोखरेलले बताए ।
जाहेरी दर्ता गर्न पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका थिए ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको उजुरी लिन अस्वीकार गरेको थियो ।
आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै परिसरले उजुरी दर्ता नगरेको जनता समाजवादी पार्टीका नेताहरूसँगै परिसर पुगेका अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका थिए ।