२५ जेठ २०८३, सोमबार

यी क्षेत्रले पाउनेछन् कर्जाकाे व्याजदरमा दुई प्रतिशत सहुलियत

बैशाख १६, २०७७
यी क्षेत्रले पाउनेछन् कर्जाकाे व्याजदरमा दुई प्रतिशत सहुलियत
File Photo

नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर दुई प्रतिशत विन्दुले घटाउन बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ।

राष्ट्र बैंकले चैत मसान्तमा कायम व्याजदरमा दुई प्रतिशत विन्दुले व्याजदर घटाएर वैशाख-जेठ-असारको व्याजदर निर्धारण गर्न भनेको हो। असारपछिकाे व्याजदर निर्धारण गर्न बैंकहरु स्वतन्त्र हुने छन्। 

मुलुक एक महिनादेखि लकडाउनमा रहेका बेला राष्ट्र बैंकको यो प्याकेजले उद्योग, व्यवसाय क्षेत्र लाभान्वित हुनेछन्। याे सुविधा निर्माणाधीन जलविद्युत आयोजना, पोल्ट्री व्यवसाय, साना र मझौला उद्योग लगायतले पाउनेछन्।

तर खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले याे सुविधा पाउने छैनन्। 

याेसँगै निर्माणाधीन जलविद्युत आयोजना, पोल्ट्री व्यवसाय, साना र उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ।

राष्ट्र बैंकले यसअघि पनि राहत प्याकेज घोषण गरिसकेको छ।

जसअनुसार चैतको भाका रहेको ऋणीले असारसम्म सावाव्याज भुक्तान गरेमा जरिवाना नलाग्ने घोषणा गरेको थियो।

 
 

salt training

कमेन्ट गर्नुहोस्