
बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयू( सघन उपचार कक्ष) मा भर्ना गरिएको छ।
उनमा कस्तो स्वास्थ्य समस्या देखियो भनेर त खुलाइएको छैन तर मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
अस्पताल प्रशासनले पनि आईसीयूमा भर्ना गरिएको पुष्टि गरेपनि थप विवरण दिएको छैन। उनका एक प्रवक्ताले कोलन इन्फेक्सन भएको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
सन् २०१९ मा इरफान लन्डनबाट उपचार गरेर फर्किएका थिए। उनी पछिल्लो समय कोकिलाबेन अस्पतालका चिकित्सकसँग नियमित चेकअप गराउँदै आएका थिए।