२४ जेठ २०८३, आइतबार

यी पाँच बलिउड स्टार, जसले अझै गरेका छैनन् विवाह

बैशाख १६, २०७७
यी पाँच बलिउड स्टार, जसले अझै गरेका छैनन् विवाह

बलिउडमा यस्ता कलाकार छन् जो फिल्म बाहेक एक अर्काे कारणले बेलाबेला चर्चामा आउने गर्छन्। त्यो हो,विवाह।

बलिउडका ती स्टारमध्ये कतिपयको उमेर त ५० नाघिसकेको छ। तर, विवाह गरेका छैनन्। आज हामी ती बलिउड नायक/नायिकाबारे जानकार दिने छौँ, जसले विवाह गरेका छैनन्।

सलमान खान
यो पंतिमा आउने पहिलो नाम हो, सलमान खान। सलमान ५० नाघिसकेका छन् तर अहिलेसम्म विवाह गरेका छैनन्। उनको नाम कयौँ अभिनेत्रिसँग जोडिएको थियो। तर, हालसम्म विवाह भएको छैन।

तब्बू
तब्बू बलिउड नायिका हुन्। उमेरले ४८ नाघेकी उनले पनि विवाह गरेकी छैनन्। 

अक्षय खन्ना
अभिनेता अक्षय खन्नाले पनि विवाह गरेका छैनन्। उनी ४५ वर्ष पुगिसके। 

अमीषा पटेल 
बलिउड अभिनेत्री अमीषा पटेल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन्। उनले पनि ४३ वर्ष उमेर पार गरिसकेकी छन् तर विवाह गरेकी छैनन्।  यद्यपि, उनको  नाम बलिउडका कयौँ हस्तीसँग जोडिएको थियो। 

सञ्जय लीला भन्साली
सञ्जय बलिउडका दिग्गज निर्मातानिर्देश हुन्। उनले ‘बाजीराव मस्तानी’, 'गोलियों की रासलीला/रामलीला' र 'पद्मावतु' जस्ता हिट फिल्मको निर्देशन गरे। उनी ५७ वर्षका भइसके तर विवाह गरेका छैनन्। 

salt training

कमेन्ट गर्नुहोस्