०१ असार २०८३, सोमबार

प्रधानमन्त्री आफूनिकट सांसदहरूसँग छलफल गर्दै

बैशाख १७, २०७७
प्रधानमन्त्री आफूनिकट सांसदहरूसँग छलफल गर्दै
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान आफ्नो सरकारी निवास बालुवाटारमा आफूनिकट सांसदहरूसँग छलफलमा जुटेका छन् ।

छलफलमा महेश बस्नेत, बिजय सुब्बा, निरुदेवी पाल लगायतका नेताहरू सहभागी थिए ।

बैठकमा पार्टीभित्र देखिएको विवाद हल कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको एक सांसदले बताए ।

ओलीले पार्टीभित्र परिस्थिति जे पनि हुन सक्ने भन्दै त्यसका लागि तयार रहन आफूनिकट सांसदहरूलाई आग्रह गरेका थिए ।

पछिल्लो समय नेकपाभित्र पावर सेयरिङको विवाद उत्कर्षमा छ । विवाद समाधानका निम्ति बुधवार साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्