
अमेरिकाको प्वेर्तो रिकोमा एक अस्पतालका नर्सहरूले कोभिड–१९ को लेबल लगाइएर बेरिएको लाशलाई हातमा उठाएर नाचेको भिडियो टिकटकमा राखेपछि कडा आलोचना भइरहेको छ ।
यी चार नर्सको परिचय खुलाइएको छैन र उनीहरूले बोकेको भनिएको लाश वास्तविक हो कि हैन भन्ने पनि खुलेको छैन ।
तर भिडियोको आलोचना गरिएको छ । कसैकसैले चाहिँ कोरोनाभाइरसलाई स्वास्थ्यकर्मीहरूले हराएको भन्ने अर्थ यसबाट लगाउनुपर्ने बताएका छन् ।