०८ असार २०८३, सोमबार

कोरोना संक्रमित युवाको परिवारका सबैको रिपोर्ट नेगेटिभ

बैशाख २१, २०७७
कोरोना संक्रमित युवाको परिवारका सबैको रिपोर्ट नेगेटिभ

रूपन्देहीको हदेही कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवाको परिवारका १० जना सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ ।

कोटहीमाई–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित युवकको परिवारका दश जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा परिवारका सबैकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै ‘लकडाउन’को समयमा वैशाख ५ गते मर्चवारको ठोठरी नाकाबाट घर आएका २५ वर्षका युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको हो । कोरोना संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

salt training

कमेन्ट गर्नुहोस्