०७ असार २०८३, आइतबार

राष्ट्रपति भण्डारीको ट्वीट – प्रेसलाई मर्यादित र जवाफदेही हुन आग्रह

बैशाख २१, २०७७
राष्ट्रपति भण्डारीको ट्वीट – प्रेसलाई मर्यादित र जवाफदेही हुन आग्रह
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।

उनले आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गरेकी हुन् ।

‘विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना !’ उनले ट्वीटमा लेखेकी छन्, ‘यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु ।’

कमेन्ट गर्नुहोस्