०४ असार २०८३, बिहीबार

पद गुमेको थाहा नपाउने यी वडाध्यक्ष, जसले अहिलेसम्म काम गरिरहेका छन्

बैशाख २१, २०७७
पद गुमेको थाहा नपाउने यी वडाध्यक्ष, जसले अहिलेसम्म काम गरिरहेका छन्

बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ ।

निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो ।

आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिए ।

धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । पछि उनले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरे ।

धामीले नेकपामा प्रवेश गरेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

त्यसपछि आयोगले निर्णय गर्दै डिलासैनी गाउँपालिका–७ मा वडाध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्