३२ असार २०८३, बिहीबार

सन् २०२० को अन्त्यसम्ममा कोरोनाको खोप आइसक्ने ट्रम्पको दाबी

बैशाख २२, २०७७
सन् २०२० को अन्त्यसम्ममा कोरोनाको खोप आइसक्ने ट्रम्पको दाबी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा देशले कोरोनाभाइरसको खोप पाइसक्ने बताएका छन् । 

‘हामी वर्षको अन्त्यसम्ममा खोप पाउने कुरामा विश्वस्त छौं,’ ट्रम्पले फक्स न्युजको टाउन हल शो कार्यक्रममा बताए । 

विद्यालय तथा विश्वविद्यालयहरू सेप्टेम्बर महिनासम्ममा खोल्नका लागि आग्रह गर्ने उनले बताए । 

अमेरिका तथा अन्य मुलुकले कोरोनाको खोप ल्याउनका लागि काम गरिरहेको बेलामा ट्रम्पको बयान आएको हो । 

अन्य मुलुकले खोप बनाउनमा अमेरिकालाई उछिने पनि आफू खुशी नै हुने र सम्मानका लागि टोपी झिक्ने उनले बताए । 

‘मलाई मतलब छैन । काम गर्ने खोप मात्र चाहन्छु म ।’

खोपसम्बन्धी अनुसन्धानमा मानवमाथि गरिएको परीक्षणमा हतार गर्दा हुने खतराका बारेमा सोध्दा ट्रम्पले भने, ‘उनीहरू स्वयंसेवी हुन् । के गरिरहेको छु भनी उनीहरूलाई थाहा छ ।’

खोप कहिले आइसक्छ भन्ने कुराको भविष्यवाणी नगर्न सल्लाहकारहरूले भनेको भए पनि ट्रम्पले आफूलाई लागेको कुरा बोलेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्