३१ असार २०८३, बुधबार

लकडाउनमा गाउँ फर्काउने र काठमाडौँ पठाउने होडबाजीले जोखिम बढाउन सक्छ : मेयर शाक्य

बैशाख २२, २०७७
लकडाउनमा गाउँ फर्काउने र काठमाडौँ पठाउने होडबाजीले जोखिम बढाउन सक्छ : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने बताएका छन्। ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्,’उनले भने, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्दा संक्रमणको खतरा बढी हुन्छ।’ 

शाक्यले यस्तो बेलामा अझ उपत्यकाबाट हुने आवतजावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे। ‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यो विपद्को बेला हो। यस्तो बेलामा सबै राजनीतिक दलले दलभन्दा माथि उठेर सामूहिक धारणसहित समाधानको बाटो खोज्नुपर्छ। विभिन्न संघ–संस्था र नागरिकले पनि आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुको अर्को विकल्प छैन।’ 

उनले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ पनि सचेत रहन सबैलाई आग्रह गरे। ‘राजधानीमा रहेका क्वारेण्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको आशंका भएका व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउनेलगायतका कार्यमा पनि सामूहिक प्रयास आवश्यक छ,’ शाक्यले भने, ‘स्थानीय तहले गर्ने स्थानीय र प्रदेश वा केन्द्र सरकारले गर्ने काम केन्द्रले गरौँ । तर, यसमा एक-अर्काबीच आवश्यक समन्वय होस् ।’

प्रमुख शाक्यले संघीय राजधानी समेत भएका कारण काठमाडौँका सन्दर्भमा सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गरे। ‘यो संघीय राजधानी हो। यहाँ ७७ बटै जिल्लाका नागरिक बसोबास गर्दै आएका छन्,’ उनले भने, ‘आवत–जावतलाई कडाई नगर्ने हो भने यहाँ कोरोना संक्रमण सजिलै फैलिन सक्ने खतरा बढी हुन्छ र त्यसो भयो भने नियन्त्रणका लागि मुस्किल हुनसक्छ । त्यसैले यसको समाधानका लागि नाकामा कडाई गर्ने, उपत्यकाबासीको जीवनयापनलाई सहज बनाउनेलगायतका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ ।’

जिम्मेवार नेताहरुले नै लकडाउनका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै त्यसले झन चिन्ता थपेको बताए।

‘यस्तो विपद्का बेलामा राजनीतिक दल, नेता र जनप्रतिनिधिहरुले आवतजावतलाई प्रोत्साह गर्ने भन्दा सामूहिक प्रयासमा राजधानीमा रहेका र समस्यामा परेका नागरिकलाई सहज जीवनयापनमा सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहले गर्नुपर्ने जिम्मेवारी हामीले सकेसम्म पूरा गर्ने प्रयास गरिरहेका छौँ। तर, हाम्रो मात्रै प्रयासले नपुग्ने रहेछ । सबैको सामूहिक प्रयास भयो भने मात्रै समस्याको समाधान गर्न सकिन्छ।’ 

उनले मुख्य गरेर अतिविपन्न, असाहय र मजदुर वर्ग बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका बारेमा पनि गम्भीर भएर लाग्न आग्रह गरे।

‘काठमाडौँमा अतिविपन्न, असाहय र मजदुर वर्ग सबैभन्दा बढी समस्यामा परेका छन्,’ उनले भने, ‘ती समूदायलाई खाद्यन्नको मात्रै व्यवस्था गरेर नहुने अवस्था छ। एउटै कोठामा धेरै जना मिलेर बस्नुपर्ने लगायतका समस्याले उनीहरु न्युनतम क्वारेण्टाइनको सुविधाबाट समेत बञ्चित छन्। हामीले आवतजावतलाई कडाई गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरालाई बेवास्था गर्ने र राजधानीमा संक्रमण फैलिने अवस्था आयो भने ती समूदाय थप समस्यामा पर्न सक्छन् । यो विषयमा पनि हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ।’ 

काठमाडौँ महानगरपालिकाबाट मात्रै लकडाउन अवधिभर ८० हजार बढीलाई राहत वितरण गरेको र एक लाख बढीलाई खाना खुवाउने काम गरेको भन्दै शाक्यले यसमा पनि व्यवहारिक कठिनाई हुने गरेको बताए। ‘ 

salt training

कमेन्ट गर्नुहोस्