२७ असार २०८३, शनिबार

तुलसीपुरमा म्याद नाघेका सामान बिक्री

बैशाख २४, २०७७
तुलसीपुरमा म्याद नाघेका सामान बिक्री

तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमन गर्दा धेरै पसलमा  म्याद नाघेका  सामग्री  भेटिएको छ ।

उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, र जनप्रतिनिधिसहितको टोलीले मङ्गलबार तुलसीपुरका आठ खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरमा अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामग्री जफत गरिल्याएको छ । सरोकार पक्षको रोहवरमा ती सामग्री नष्ट गरिने बताएको छ । 

त्यस्तै कतिपय पसलले सामग्री बिक्री गर्दा बिल जारी नगर्ने र मूल्य सूची नै नराखेको पाइएको  उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाका प्रमुख रेवा रावतले जानकारी दिए ।  

उनका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने व्यवसायीलाई सजग गराइएको र फेरि पनि भेटिए कानूनबमोजिम कारवाही गरिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्