०५ असार २०८३, शुक्रबार

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

बैशाख २८, २०७७
कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए । 

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ । कृष्णप्रसाद शर्मा,रासस

salt training

कमेन्ट गर्नुहोस्