१७ असार २०८३, बुधबार

संसदमा आजदेखि प्रि–बजेट छलफल

बैशाख २८, २०७७
संसदमा आजदेखि प्रि–बजेट छलफल

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) छलफल आजदेखि शुरू हुने भएको छ ।

आइतवारको अर्थमन्त्रीले डा युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेपछि छलफल आरम्भ हुनेछ ।

प्रि–बजेट छलफल सकिए पछि संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने छलफल गर्ने तयारी छ ।

संवैधानिक व्यबस्था अनुसार सरकारले जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षको बजेट ल्याउनु पर्ने व्यबस्था छ । सांसदहरुले कोरोना संकटले उत्पन्न परिस्थितीलाई मध्यनजर गरेर बजेट ल्याउन सुझाव दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्