आमरूपमा हामीले सुन, चाँदी या हिरालाई सबैभन्दा महँगो मानिन्छ ।
तर ब्रम्हाण्डमा यस्तो चीज पनि छ जसको एक ग्रामको मूल्य ८ हजार अर्ब छ । संसारकै सबैभन्दा महँगो मानिने यस पदार्थको मूल्य सुनेर धेरैले जिब्रो तोक्ने गर्दछन् ।
यो पदार्थको नाम एन्टीम्याटर (प्रतिपदार्थ) हो । विज्ञान पढ्नेहरूले यसको नाम सुनेका छन् । यो महँगोको साथसाथै रहस्यमयी पनि छ ।
वैज्ञानिकक अनुसार एन्टी म्याटर सामान्य पदार्थ जस्तै हो तर यससँग विपरित गुण हुन्छन् । विशेष रूपबाट हेर्ने हो भने एन्टीम्याटरमा विद्युत उल्टो बग्छ ।
ब्रम्हाण्डको उत्पतिका रूपमा मानिएको बिग ब्याङपछि पदार्थ सँगै प्रतिपदार्थ पनि बनेको थियो । वैज्ञानिकले जब प्रतिपदार्थको खोज गरे, तबबाट नै यो रहस्यमयी बनेको हो ।
कतिपयले प्रतिपदार्थ कुनै काल्पनिक पदार्थ रहेको पनि मान्ने गर्छन् । तर वास्तवमै प्रतिपदार्थको अस्तित्व संसारमा रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । यसको खोज २० औं शताब्दीमा भएको थियो ।
एन्टीम्याटरका बारेमा सबैभन्दा पहिला सन् १९२८ मा वैज्ञानिक पाल डिराकले लेखेका थिए । जसलाई न्यूटनपछिका सबैभन्दा ठूला ब्रिटिश बैज्ञानिक मान्दै त्यतिबेलाका केही पत्रिकाहरूले लेखेका थिए ।
एन्टीम्याटरलाई अन्तरिक्षमा जानका लागि वैज्ञानिकहरूले इन्धनका रूपमा प्रयोग गर्न सकिने हिसाबले अध्ययन जारी राखेका छन् ।