०८ साउन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री ज्ञवालीमाथि खनिए सांसदहरू

बैशाख २८, २०७७
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री ज्ञवालीमाथि खनिए सांसदहरू
फाइल तस्वीर

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सांसदहरूले र्‍याख-र्‍याख पारेका छन् ।

आइतवार बसेको समितिको बैठकमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसद भीम रावल, समाजवादी पार्टीकी सांसद रेनुका गुरुङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले मन्त्रीले समय नदिएको आरोप लगाएका थिए ।

समितिमा उपस्थित मन्त्री ज्ञवालीले शुरुमै लिपुलेकमा भारतले बनाएको बाटोका बारेमा सरकारी धारणा राखे । उनले ११ बजे प्रतिनिधि सभा बोलाइएकाले आफूसँग थप समय नभएको स्पष्टिकरण दिए ।

ज्ञवाली बोलेपछि समितिकी सभापति पवित्रा खरेल निरौलाले सांसदहरूलाई बोल्न समय दिएकी थिइन् ।

निरौलाले सांसदहरूलाई छोटो समयमा आफ्ना कुराहरू राख्न निर्देशन दिएपछि भीम रावलले यस्ता विषयहरू छोटो बहसले पार नलाग्ने भन्दै कड्किएका थिए ।

रावलले ‘राष्ट्रिय मामिलाभन्दा ठूलो केही हुन सक्दैन,’ भनेर छोटो समयप्रति असन्तुष्टि जनाएका बेला अन्य सांसदहरूले पनि मन्त्रीलाई र्‍याख-र्‍याख पारेका थिए ।

सांसदहरूले आफूहरू बोल्न पाउनुपर्ने माग राखेपछि केहीबेर समितिमा दोहोरी चलेको थियो । मन्त्री ज्ञवालीले भने विभिन्न समितिमा गएर आफूले जवाफ दिनुपरेको भन्दै बढी समय दिन नसक्ने जनाएका थिए ।

मन्त्री ज्ञवालीले प्रश्न गरे, 'मन्त्रीको के काम छ भन्ने ? म कुनै व्यक्तिगत काममा लाग्ने हो र ?’ सांसदहरूले प्रश्न गर्दागर्दै सभापति खरेलले भने मन्त्रीलाई बोल्न निर्देशन दिइसकेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्