
नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले विदेशमा बिचल्लीमा परेका नेपालीलाई उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा नेपाली सिंहले भारत या खाडीका मुलुक जहाँ भएपनि नेपाली नागरिकको उद्दार गरेर स्वदेश फर्काउन माग गरेका हुन् ।
‘कोरोना महामारीका कारण विदेशमा बिचल्ली परेका नागरिकबारे सरकारले केही सोचेको छैन । यहाँ जनतामा राष्ट्रियता नदेख्ने ढुंगामा राष्ट्रियता देख्ने के यो कस्तो राष्ट्रियता हो ?’ उनले प्रश्न गरे ।
शून्य समयमा कांग्रेसकै अभिषेकप्रताप शाहले नेपाल भारत सीमाको दशगजामा अहिले पनि २ हजार नागरिक अलपत्र परेको भन्दै उनीहरुको स्वास्थ्य जाँच गरेर सम्बन्धित गाउँपालिकामा फर्काउने व्यवस्था गर्न माग गरे ।