१२ साउन २०८३, मंगलबार

७७ जिल्लाका सीडीओ टाकुरे राजा बने, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा !

बैशाख २९, २०७७
७७ जिल्लाका सीडीओ टाकुरे राजा बने, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा !

कोरोना संक्रमण फैलिन नदिन सरकारले लगाएको ‘लक-डाउन’ जनतालाई दुख दिने काम भएको र यही समयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टाकुरे राजा बनेको भन्दै जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आक्रोश व्यक्ति गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा महतले भने – ‘सम्माननीय सभामुखज्यू, लकडाउनको परिभाषा मैले बुझिन, लकडाउनले ७७ वटाका सीडीओलाई टाकुरे राजा बनाएको छ ।’

उनले प्रदेश सरकारप्रति पनि आक्रोश पोखे, ‘७ प्रदेश राजा भएका छन्, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएका छन् । जनताको पीरमर्का सुनेका छैनन् ।’

उनले थपे – ‘धेरै पीर मर्का परेको छ । के जनतालाई पीर मर्का दिन लक-डाउन भनेको हो ? माननीय जिल्ला जान सीडीओको चाकडी गर्नु पर्छ । लक-डाउन भनेको यही हो ? जनतालाई दुख दिने ?’

कमेन्ट गर्नुहोस्