१२ असार २०८३, शुक्रबार

गिल्गिट बाल्टिस्तानमा भारतको आक्रामक दृष्टिकोणका कारण चीनले सिक्किममा निहुँ खोजेको दाबी

बैशाख २९, २०७७
गिल्गिट बाल्टिस्तानमा भारतको आक्रामक दृष्टिकोणका कारण चीनले सिक्किममा निहुँ खोजेको दाबी

भारतका भूराजनीतिक विश्लेषक कमर आगाले आइतवार सिक्किमको सीमामा भारत र चीनका सैनिकहरूबीच भएको हात हालाहालमा गिल्गिट बाल्टिस्तानको भूमिका हेर्नुपर्ने बताएका छन् । 

उनका अनुसार, बृहत्तर कश्मीर क्षेत्रमा पर्ने गिल्गिट बाल्टिस्तानमा भारतले आक्रामक नीति अपनाएमा सिक्किम मुद्दालाई फेरि चर्काउने चीनको सोच देखिन्छ । चीनले त्यही क्षेत्र भएर चीन पाकिस्तान आर्थिक कोरिडोर निर्माण गर्ने योजना अघि सारेको छ ।

चीनलाई गिल्गिट बाल्टिस्तान सामरिक दृष्टिले कति महत्त्वपूर्ण छ भन्ने थाहा छ । गिल्गिट बाल्टिस्तानलाई भारतले आफ्नै भूभाग मान्ने गरेको छ र पाकिस्तानले त्यहाँ चुनाव गराउने भनेपछि भारत अहिले आक्रोशित छ ।

कोरोनाभाइरसको व्यवस्थापन शुरूमै नगरेर संसारभरि फैलाएकोमा चीनलाई धेरैले आलोचना गरिरहेका बेलामा चीनले सीमा विवाद उत्पन्न गरेर भारतलाई समस्यामा पार्न खोजिरहेको हो । त्यसैले दुई देशका सैनिकबीचको झडपलाई सामान्य रूपमा हेर्न मिल्दैन । भारतसँग तनाव बढाउने योजनाबद्ध रणनीतिको एक अंगका रूपमा यसलाई बुझ्नुपर्छ । 

पूर्वोत्तर राज्यहरूमा सामरिक श्रेष्ठता कायम गर्ने नीति पनि चीनले लिएको हुन सक्छ । 

दोक्लम कब्जा गरेर भारतलाई चिकन नेकमा अप्ठ्यारो पार्ने रणनीति चीनले लिएको हुन सक्ने कमर आगाले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्