
कोरोना भाइरसविरुद्धको अभियानमा आईएमई पे र मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठबीच सहकार्य भएको छ। यो सहकार्य अनुसार श्रेष्ठले आउँदो ३ हप्तासम्म समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन्।
आईएमई पेका अनुसार यस शोको शीर्षकs #Reconnecting रहनेछ, जुन अनुष्काको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ।
अनुस्का नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोरोना सहायता कोषका लागि सहयोग संकलन गरिरहेकी छन्।