२८ असार २०८३, आइतबार

सरकारलाई विज्ञको प्रश्न : लकडाउन खुकुलो बनाउने आधार खै ?

बैशाख ३०, २०७७
सरकारलाई विज्ञको प्रश्न : लकडाउन खुकुलो बनाउने आधार खै ?

लकडाउन अनिश्चित समयसम्म गर्न सकिंदैन । तर लकडाउन गर्न, खुकिलो गर्न तथा अन्त्य गर्न ठोस आधार हुनुपर्दछ, सहि योजना हुनुपर्दछ । राज्यले कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर देखिएको परिणाम अनुसार लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्दछ ।

अहिलेको परिस्थिति हेरौं

- भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढिरहेको छ । यसरी आएका अधिकांश संक्रमित छन् । उदाहरणको लागि आज कपिलवस्तुमा पोजिटिभ देखिएका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए । यो अवस्था सिमाबर्ती धेरै ठाउँमा हुनसक्छ ।

- जोखिमयुक्त क्षेत्रबाट काठमाडौं उपत्याकामा आउने क्रम चलिरहेको छ । नाका अघिं गाडी छोडेर अनि त्यहाँबाट हिंडेर काठमाडौं आउने, भनसुन चल्ने, रातिमा ट्रक तथा टिपरमा आउने क्रम रोकिएको छैन ।

- यो साढे ४ महिनामा देशभर जम्मा १७ हजार PCR टेस्ट भएको छ । काठमाडौं उपत्याकामा अत्यन्त न्यून परीक्षण भएको छ । देशव्यापी ब्यापक परीक्षण गरेर रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने काम गरिएको छैन ।

- सामुहिक बसाइका स्थान पत्ता लगाउने काम भएको छैन ।

- मास्क, चस्मा, पंजा, ह्याण्ड स्यानिटाइजर, सामाजिक दुरीको नियम आदि अनिबार्य गरिएको छैन ।


संक्रमणको अवस्था थाहै नपाइ लकडाउन खुकुलो बनाइएको छ । लकडाउन खुकुलो गर्ने योजना पनि हचुवाको भरमा गरिएको छ । पहिलो चरणमा कति प्रतिशत खुलाउने ? कुन कुन सेवा खुलाउने ? जस्ता योजना छैनन् । यस्तो अबैज्ञानिक र खतरनाक निर्णय गर्नुपूर्व बिज्ञहरुको सल्लाह लिने काम भएको छैन । यसो गर्दा उपत्यकामा जुनसुकै बेलामा संक्रमण फैलिने जोखिम बढेको छ ।

यस्तो महामारीको समयमा उत्कृष्ट नेतृत्व क्षमता भएको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने, भ्रष्ट्राचार हुन नदिने, बिज्ञहरु सम्मिलित टास्क फोर्स बनाउने र त्यो टास्क फोर्सको योजना अनुसार काम गर्ने हो भने हामी कोरोना संक्रमणसंग लड्न सक्षम हुनेछौं ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

salt training

कमेन्ट गर्नुहोस्