१० साउन २०८३, आइतबार

लद्दाख सीमामा चिनियाँ सैनिकहरू टेन्ट गाडेर बसेपछि भारत तनावमा, लिपुलेकमा पनि थप सुरक्षाकर्मी

बैशाख ३१, २०७७
लद्दाख सीमामा चिनियाँ सैनिकहरू टेन्ट गाडेर बसेपछि भारत तनावमा, लिपुलेकमा पनि थप सुरक्षाकर्मी

चीन र भारतबीत सीमामा अझै पनि तनावको स्थिति छ । विवादित सीमामा दुवै पक्षका सैनिकहरू उच्च सतर्कताको स्थितिमा छन् । 

चीनको जनमुक्ति सेनाले सन् १९६२ को युद्धको महत्त्वपूर्ण स्थान गलवान नदी नजिक टेन्ट गाडेको खबर छ । अनि उसले देमचोक क्षेत्रमा निर्माण शुरू पनि गरेको छ । 

विगत तीन हप्तादेखि यो क्षेत्रमा तनाव रहेको भारतीय सेनाका सूत्रहरूले भारतीय सञ्चारमाध्यमलाई खबर दिएका छन् । तर अधिकारीहरूलेसंवाद सूत्रमार्फत स्थितिलाई बिस्तारै नियन्त्रणमा ल्याउन सकिने विश्वास गरेका छन् । अस्थायी र अल्प अवधिको फेस अफ भइरहने गरेको किनकि भारत र चीनबीच सीमा विवाद हल नभइसकेको भारतीय सेनाको कथन छ । 

अहिले पट्रोल पोइन्ट १४ मा भिडन्त भएको र उचित कदम उठाएर त्यसको समाधान गरिएको बताइएको छ । यो स्थान दौलत बेग ओल्डी हवाई क्षेत्र नजिक छ । 

अनि पांगोङ त्सो क्षेत्रमा पनि हलुका भिडन्त भएको खबर छ । जासूसी प्रतिवेदनअनुसार, चीनले निर्माण गतिविधिका लागि देमाचोकमा एक हजारभन्दा बढी भारी वाहन ल्याइएको छ । 

नेपाल सीमामा पनि भारतीय सुरक्षाकर्मीले कडा नजर राख्न थालेको छ । बोर्डर पोस्टलाई चुस्तदुरुस्त बनाइँदैछ । लिपुलेकमा सशस्त्र प्रहरीका हजारौं जवानलाई तैनाथ गरिएको छ । 

चीनले लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा नजिक भारी निर्माण गरिँदा दुवै पक्षबीचको सम्झौता उल्लंघन भएको मानिएको छ । दुवै पक्षले सीमालाई नचलाउने सहमति गरेका थिए ।

गलवान नदी क्षेत्रमा चीनसँग भारतको विवाद पुरानै हो । सन् १९६२ को जुलाई महिनामा भारतीय सेनाले बनाएको एक पोस्टलाई जनमुक्ति सेनाका सैनिकहरूले अहिले घेरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्