०४ असार २०८३, बिहीबार

स्पेनमा ११३ वर्षीया महिलाले जितिन् कोरोनाविरुद्धको लडाइँ

बैशाख ३१, २०७७
स्पेनमा ११३ वर्षीया महिलाले जितिन् कोरोनाविरुद्धको लडाइँ

स्पेनकी सबभन्दा वृद्धा मानिएकी ११३ वर्षीया महिला कोरोनाभाइरसबाट निको भएको अधिकारीहरूले बताएका छन् । 

मारिया ब्रानयास नामक ती महिलालाई मार्च महिनामा लकडाउन लगाइएपछि कोभिड–१९ पुष्टि भएको थियो । 

तर हप्तौंसम्म आइसोलेसनमा बसेपछि ब्रानयास निको भएकी थिइन् । उनलाई हलुका लक्षण मात्र देखिएको थियो । 

सन् १९०७ मा मेक्सिकोमा जन्मेकी उनी दुई वर्षकी हुँदा अमेरिकाको सान फ्रान्सिस्को पुगेकी थिइन् र पहिलो विश्वयुद्धका बेलामा स्पेनको गिरोना पुगेकी थिइन् । उनका पिता पत्रकार थिए । 

उनका तीन सन्तान छन् र एउटाको उमेर ८६ पुगेको छ । उनका ११ नातिनातिना छन् ।

ओलोट शहरमा रहेको एक वृद्धाश्रममा उनी विगत दुई वर्षदेखि बसिरहेकी छन् । 

ला भानगार्डियासँग कुराकानी गर्दै उनले पोहोर साल भनेकी थिइन्, ‘मैले बाँच्नुबाहेक अरू कुनै पनि काम गरेको छैन ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्